बुटवल – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले भोलि शुक्रबार उपत्यकाका तीन जिल्लासहित ११
जिल्लामा शैक्षिक हड्ताल आह्वान गरेको जनाएको छ।
सो संगठनले विद्यार्थी नेता कार्यकर्ताहरुको गैरन्यायिक गिरफ्ताhmmरीको विरोध भन्दै उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरसहित धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल गर्ने जनाएको हो ।
विद्यार्थी नेताहरु गिरफ्तार परेका जिल्लाहरुमा शुक्रबार एकदिने शैक्षिक हड्तालको आह्वान गरिएको अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरन्जीवी ढकालले जानकारी दिएका छन् !
SHARE




0 Comments